काठमाडौँ। जाडो मौसममा घरलाई तातो बनाइराख्न हिटरर ब्लोअरको प्रयोग गर्ने गरिन्छ । तर, यसले मानिसको शरीरलाई निकै हानि पु¥याउँछ । साथै बिजुलीके बिल पनि धेरै उठ्छ ।
त्यसलै विन्टर डेकोरेसनका लागि कुनै सजिलो टिप्स अनुशरण गरी घरलाई प्राकृतिक रूपमा तातो राख्न सकिछ । यसले तपाईको स्वास्थ्य र आर्थिक दुवै फाइदा गर्छ ।
घाम नै हो प्राकृतिक स्रोत
घरको झ्यालको सिसा खुला र पारदर्शी हुनुपर्छ । दिउँसो झ्याल खुला राख्नुपर्छ ताकि तातो भित्रसम्म आओस् । यसका साथै घरमा रोशनदान बनाउनुपर्छ जसले घाम सजिलै घरभित्रध पस्न सकोस् ।
किचेनलाई यस्तो गर्नुहोस्
जब तपाई किचेनमा खाना पकाउनुहुन्छ, त्यसबेला गर्मी उत्पन्न हुन्छ । त्यसलाई मानिसहरू झ्याल या अन्य ढंगले बाहिर निकास गर्छन् । तर, यही तातोले तपाईको घरलाई गर्मी बनाउन मद्दत गर्छ । यस्तो बेला घरको भित्रपट्टिको झ्याल खोलिदिएमा गर्मी कायमै रहन्छ ।
लाइट वा डार्क कलर
घरको भित्तामा ब्राइट कलर लगाउनुपर्छ । यसले प्राकृतिक गर्मी रहन्छ भने डेकोरेसनमा पनि नयाँ लुक्स देखिन्छ । यदि तपाईले चाहनु भयो भने लाइट र डार्क कलरको कम्बिनेसन पनि गर्न सक्नु हुन्छ ।
कोठाको ध्यान दिनुहोस्
यदि घरमा धेरै कोठा छन्, तर तपाई एउटै कोठामा सुत्ने गर्नुहुन्छ भने अन्य कोठाको झ्याल ढोका बन्द गरिदिनुस् । ताकि एउटा कोठाको तातो अन्यत्र फैलिन नपाओस् ।
पलङ खुला नछोड्नु
चिसो मौसममा पलङ या सुत्ने खाट निकै चिसो हुन्छ । खासगरी बिहान र साँझको समयमा । यस्तो बेला कार्पेट बिछ्याएर राख्न सकिन्छ ।
काठ जलाउने भाँडो
काठ जलाउने भाँडोमा काठ या कोयला बालेर राख्ने गर्नुपर्छ । यसले घरमा गर्मी कायम गर्छ । हिटरको काम गर्छ ।
बेबल रेप
घरको ठण्डी हावाबाट बचाउन झ्यालमा बेबल रेप राम्ररी लगाउनुपर्छ । यसले घरभित्र आउने हावालाई रोक्ने काम गर्छ ।
पर्दाको प्रयोग
साँझ हुनेवित्तिकै झ्यालढोकामा रहेको पर्दा बन्द गर्नुपर्छ । ताकि बाहिरको चिसो हावा घरभित्र आउन नपाओस् । झ्यालढोका बन्द गरेपछि पनि पर्दा लगाउनु पर्छ किनभने त्यसको प्वालबाट आउने हावा चिसो हुन्छ ।

No comments:
Post a Comment