गर्मीमा आलुबखडा खानुका यस्ता छन् फाइदाहरू - pharaksandesh.com

मुख्य समाचार


Thursday, 22 October 2020

गर्मीमा आलुबखडा खानुका यस्ता छन् फाइदाहरू

आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो । यो फल अमीलो, गुलियो हुन्छ र यसबाट अचार र जाम पनि बनाइने गरिन्छ । यो रातो, कालो, पहेंलो र कतै–कतै हरियो रंगको पनि हुने गर्छ । आलुबखडाको स्वाद गुलियो र अमिलो हुन्छ, अक्सर यसको फलको पातलो बोक्रो धेरै चम्किलो हुन्छ । यसमा एन्टीअक्सिडेन्ट हुने गर्छ जसले केही रोगहरूबाट शरीरलाई सुरक्षित राख्नमा मद्दत गर्छ ।

यसको सेवनले हाम्रो आन्तरिक मात्र नभएर हाम्रो छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । यो मिनरल्स, आइरन, भिटामिन र फाइबरले भरपुर हुने गर्छ । आइरनले रक्त कोसिकाको निर्माणमा मद्दत गर्नुका साथै कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । यसकारणले उच्च रक्तचाप र मुटु रोगको सम्भावना पनि कम हुने गर्छ । यसको सेवनले रोग प्रतिरोधी क्षमतामा पनि बृद्धि हुनुका साथै क्यान्सर र ट्युमर उत्पन्न गर्ने सेल्सलाई बढ्न बाट रोक्ने गर्छ ।

बोक्रासहित आलुबखडाको सेवन गरेमा हाम्रो हड्डी बलियो हुने गर्छ र महिलाहरुमा अस्टियोपोरोसिस रोक्नका लागि आलुबखडाको सेवन निकै सहायक हुन्छ । आलुबखडा खाँदा हाम्रो तौल नियन्त्रणमा आउने गर्छ । यसमा निकै कम क्यालोरी हुने गरेको कारणले यसले हाम्रो तौललाई नियन्त्रणमा राख्ने गर्छ । यसको सेवनले ग्यास्ट्रिक, अपच, कब्जियत लगायतका बिभिन्न पेट सम्बन्धि रोगहरुलाई हटाउन मद्दत गर्छ ।

यसमा भएको भिटामिन हाम्रो आँखाको लागि निकै लाभ्दायिक हुने गर्छ । यसले आँखालाई सितलता प्रदान गरेर आँखाको दृस्टीमा लाभ पुर्याउछ । यसले गर्मीमा छालालाई पनि स्वस्थ राख्न सहयोग गर्छ । यसको नियमित सेवनले अनुहारमा चमक आउनुका साथै हाम्रो अनुहारमा भएको विभिन्न दाग धब्बालाई हटाउन मद्दत गर्छ । यसले हाम्रो छालालाई चाउरि हुनबाट जोगाउँछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.