बेलिब्रिज निर्माण शुरु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

बेलिब्रिज निर्माण शुरु

गौशाला, १ साउन : गत शुक्रबार मध्यरातमा भीषण वर्षासँगै आएको बाढीले पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको भब्सी खोलाको पुल बगाएकामा सो पुलमाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको छ ।

राजधानीबाट सोमबार नै बेलिब्रिज निर्माणका लागि आवश्यक उपकरणहरु महोत्तरी आइपुगेकामा आजदेखि भब्सी खोलामाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको महोत्तरीका प्रजिअ उमेशकुमार ढकालले बताउनुभयो ।

भब्सी पुल बगाएपछि पूर्व पश्चिम राजमार्गमा चल्ने गाडीहरु महोत्तरीको गौशाला, माईस्थान, औरही, लक्ष्मिनियाँ लगायतका थप २०/२५ किलोमिटर वैकल्पिक बाटो भएर गन्तव्यतिर जाने गरेका छन् । दैनिक पाँच हजारभन्दा बढी सवारी तथा मालवाहक साधन आवतजावत हुने सो पुल बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्गमा चल्ने यात्रुहरुलाई निक्कै सास्ती बेहोर्नुपरेको छ । 

दुई दर्जन सडक अवरुद्ध 
भीषण बाढीका कारण महोत्तरी जिल्लाका दुई दर्जन सडक सञ्जाल अवरुद्ध भएका छन् । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार अविरल वर्षासँगै आएको बाढीले जिल्लाको ४२ वटा सडक सञ्जालमध्ये २४ वटा सडक सञ्जाल क्षतिग्रस्त भई अवरुद्ध भएको प्रजिअ ढकालले बताउनुभयो । 

तराई मधेशको लाइफलाइन भनिएको हुलाकी सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित दुई दर्जन सडक बाढीले गर्दा अवरुद्ध भएका छन् । प्रजिअ ढकालले क्षतिग्रस्त सडकहरु आउँदो पाँच दिनभित्र पूर्णरुपेन मर्मत भई सञ्चालन भइसक्ने बताउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.