बेपत्ता भएका बालक र वृद्धको शव फेला - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

बेपत्ता भएका बालक र वृद्धको शव फेला

गौशाला, ३० असार : महोत्तरीका दुई छुट्टाछुट्टै स्थानमा बाढीले बगाएर बेपत्ता भएका एक बालक र वृद्धको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका–८ मा आइतबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका दुई जना बालकमध्ये एकको शव आज फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आइतबार दिउँसो २ बजे बाढीले बगाएर बेपत्ता भएका जलेश्वर–८ बस्ने मनोज ठाकुरका छोरा १२ वर्षीय प्रशान्तको शव आज फेला परेको हो । निज बालकसँग बेपत्ता भएका अर्का बालक पिपरा गाउँपालिका–३ बस्ने विजय ठाकुरका छोरा १३ वर्षीय युवराज ठाकुर अझै पनि बेपत्ता नै रहेका छन् भने उनको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले घटनास्थलमा खोजतलाश गरिरहेका छन् ।

बजराही गाउँबाट जलेश्वर जाने क्रममा दुवै बालक बाढीले बगाएर बेपत्ता भएका थिए । यसैबीच शुक्रबार जिल्लाको घाँस काट्न वनमा गएका बेला रातो खोलाले बगाएर बेपत्ता भएका बलवा नगरपालिका–२ बस्ने ७० वर्षीय हनिफ बैठाको पनि शव महोत्तरी गाउँपालिका–३ डाम्ही गाउँमा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.