बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बर्खास्त गर्न माग - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बर्खास्त गर्न माग

काठमाडौँ, २५ असार : बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् । 

चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न खोजेको, सार्वजनिक सम्पत्तिलाई निजीरुपमा प्रयोग गर्न थालेकोलगायत कारणले उहाँलाई बर्खास्त गर्न माग गरिएको बौद्ध बचाउ अभियानका संयोजक खड्गजीत लामाले जानकारी दिनुभयो । 

“भूपतिबज्रले आफू अवतारी रिम्पोछे हुँ भन्दै सबैलाई गुमराहमा राख्नुभएको छ, उहाँ को हो भन्ने हामीलाई राम्रोसँग थाहा छ, उहाँलाई हामी सानैदेखि चिन्छौँ”, संयोजक लामाले भन्नुभयो । 

स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुप, घ्याङ गुठीलगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवारमध्येका पूर्णबहादुर लामालाई जिम्मेवारी दिएको छ । हाल यस क्षेत्रका १०० घर गुठियारका रुपमा रहेको जनाइएको छ ।

भूपतिबज्रलाई बर्खास्त गरी स्थानीयवासीको सल्लाहबमोजिम नयाँ कार्यसमिति गठन गरिनुपर्ने समितिको माग छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.