राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, ३० असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रमाणपत्र पेश गर्नेमा गैरआवासीय राजदूत नेपालका लागि गणतन्त्र युगाण्डाका दिनह ग्रच अकेलो, बोस्निया एण्ड हर्जगोभिनाका मोहम्मद सेन्जिक, गणतन्त्र मालीका सेकोउ कस्से र गणतन्त्र साइप्रसका अगिश लोइजोउ हुनुहुन्छ ।

सो समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो । राजदूतहरुलाई यहाँस्थित होटल साङ्ग्रिलादेखि शीतल निवाससम्म बग्गीमा सवार गराइएको थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.