आइपिएलमा नयाँ नियम लागू गरिंदै, जसले तत्कालै उल्ट्याउछ खेलको नतिजा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 5 November 2019

आइपिएलमा नयाँ नियम लागू गरिंदै, जसले तत्कालै उल्ट्याउछ खेलको नतिजा

नयाँ दिल्ली, १९ कात्तिक : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले संसारकै सबैभन्दा ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा नयाँ नियम लागू गर्ने तयारी गरेको छ । बोर्डले लिगको अर्को सिजनमा ‘पावर प्लेयर’ नियम ल्याउने तयारी गरेको हो । यो नियमअनुसार खेलमा कुनै पनि बेला विकेट झरेपछि वा ओभर सकिएपछि खेलाडी बदल्न सकिनेछ ।

बीसीसीआइका एक बरिष्ठ अधिकारीको हवाला दिँदै आज तकले लेखेअनुसार यो विचारले मन्जुरी पाइसकेको छ तर यसमा मंगलबार मुम्बइस्थित बीसीसीआइ मुख्यालयमा हुने आइपिएलको गभर्निङ काउन्सिलको बैठकमा विस्तृत चर्चा हुनेछ ।

बीसीसीआइका एक अधिकारीले भने ‘हामी यस्तो स्थितिमा विचार गरिरहेका छौं जहाँ टिमलाई अन्तिम ११ को सट्टा १५ खेलाडी छान्नु परोस् र एक खेलाडीलाई खेलको क्रममा कुनै पनि बेला विकेट झरेपछि वा ओभर सकिएपछि बदल्न सकियोस् । हामी यसलाई आइपिएलमा ल्याउने सोचिरहेका छौं तर आगामी सैयद मुस्ताक अली ट्रफीमा यसलाई लागू गर्न सही हुनेछ ।’

अधिकारीका अनुसार यो नियमले खेलको नतिजा बदल्न सक्छ र दुवै टिमको लागि केही फरक सोच्ने र रणनीति बनाउने कुरालाई बढावा दिन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.