पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 12 May 2020

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी

इस्लामावाद, ३० वैशाख : पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या तीस हजारभन्दा बढी भएको छ । 

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीस हजार ९४१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ४७६ जना थपिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यो सङ्ख्या अत्यन्त धेरै भएको उनीहरुको भनाइ छ ।

सङ्क्रमितमध्ये सवैभन्दा धेरै पञ्जाव प्रन्तमा रहेका छन् । त्यहाँ एघार हजार ५६८ जना सङ्क्रमित भएको जनाइएको छ । 

त्यसैगरी एघार हजार ४८० जना सिन्ध प्रान्तमा, चार हजार ६६९ जना खैबर पख्तुङ्ख्वामा, दुई हजार १७ जना बालुचिस्तानमा, ६७९ जना इस्लामावादमा, ४४२ जना गिल्गित बाल्टीस्तानमा र ८६ जना पाकिस्तान नियन्त्रित काश्मिरमा सङ्क्रमित भएका छन् । (रासस/एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.