भारतलाई नेपालको ‘कूटनीतिक नोट’ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 12 May 2020

भारतलाई नेपालको ‘कूटनीतिक नोट’

काठमाडौँ, ३० वैशाख : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक ( डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गर्नुभएको छ । मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गर्नुभएको हो ।

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सम्पर्क सडक निर्माण गरी उद्घाटनसमेत गरेको सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सो कूटनीतिक नोट दिएको हो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.