भारतीय तीन पत्रकार पुलिट्जर पुरस्कारबाट सम्मानित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 May 2020

भारतीय तीन पत्रकार पुलिट्जर पुरस्कारबाट सम्मानित

वासिङ्टन, २४ वैशाख : भारतीय तीन पत्रकारले फिचर फोटोग्राफीमार्फत् गरेको योगदानका लागि सन् २०२० को पुलिट्जर पुरस्कार प्राप्त गरेका छन् । 

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँग सम्लग्न डार यासिन, मुख्तर खान र चन्नी आनन्दलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुलिट्जर पुरस्कार प्राप्त भएको हो ।

उहाँहरूलाई गत अगस्टमा केन्द्र सरकारद्वारा काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्वनपछि काश्मिर क्षेत्रको परिवेशलाई फोटोको माध्यमबाट गरेको विशिष्ठ योगदानका लागि पुरस्कृत गरिएको पुरस्कार छनोट समितिले सोमबार जानकारी गराएको हो ।

यासिन र खानले श्रीनगर र आनन्दले जम्मु क्षेत्रबाट एपीका लागि योगदान गर्नुहुन्छ । 

आफू पुरस्कृत भएको जानकारीपछि यासिनले ट्वीटरमा ल्ख्नुभएको छ, “सबै दाजुभाइ, साथी तथा सहकर्मीहरूलाई धन्यवाद । सधैँ हामीसँगै उभिएर काममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद । यो हामीहरूले कल्पना गरेकोभन्दा धेरै ठूलो सम्मान हो । प्रतिष्ठित पुरस्कारबाट सम्मानित क्षण विशेष खुशीको क्षण भएको छ ।” 

“यासिन र खानजस्तै एपीका लागि काम गर्ने आनन्दले भन्नुभयो, “पुरस्कारद्वारा सम्मानित भएको खबरले मलाई हर्षविभोर बनाएको छ ।” 

आनन्दले भन्नुभयो, “पुरस्कार पाएको सूचना सुरूमा त विश्वासै गर्न कठिन लाग्यो । खबरले मेरो खुशीको सीमा नै रहेन । मैले फोटोपत्रकारीताका लागि २० वर्षदेखि गरेको परिश्रम सार्थक बनेको छ ।”(रासस/एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.