पत्रकार महासङ्घद्वारा घटनामा संलग्नलाई कानूनी कारवाहीको माग - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

पत्रकार महासङ्घद्वारा घटनामा संलग्नलाई कानूनी कारवाहीको माग

कैलाली, २२ असार  : नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ । आइतबार समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी–५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै हातपात र गालीगलोज गरेको भन्दै निजद्वयलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा यहाँ जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

समाचार प्रकाशन र प्रसारणका बारेमा विमति भए हरेक नागरिकलाई कानूनी उपचार रोज्ने हक हुँदाहुँदै उत्तेजित भई सञ्चारकर्मीलाई हातपात र गालीगलोज गर्ने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.