सुरुङ्गा, २१ साउन : इटहरी उपमाहानगरपालिकामा आज बुधवारबाट पाँच दिन लकडाउन हुने भएकाे छ । उपमहानगरपालिकामा मंगलवार बसेकाे आपतकालिन बैठकले साे निर्णय गरकाे उपमहानगरकी उप–प्रमुख लक्ष्मी गाैतमले बताउनुभयाे । उप–प्रमुख गाैतमका अनुसार आजबाट दुध र आैषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यावसाय तथा कार्यालयसमेत बन्द हुनेगरी लकडाउन गरिएकाे छ ।
उहाँले नगर प्रमुख द्वारीकलाल चाैधरीकाे अध्यक्षतामा सम्पूर्ण वडाध्यक्षसहित जिल्ला प्रशासन कार्यालय सुनसरीका सिडियाे समेतकाे उक्त बैठकले साे निर्णय गरेकाे बताउनुभयाे ।
केहि दिन अघि उपमाहानगरकाे कार्यलयमा कार्यरत एक इन्जिनियरलाइ काेराेना संक्रमण देखिएपछि इटहरीमा समुदाय स्तरमा काेराेना फैलेकाे हुन सक्ने आशंका गरि उपमहानगरका वडाकार्यलयका सम्पूर्ण सेवाहरू ठप्प गरी जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरूकाे पिसिआर परिक्षणकाे लागी १०९ जनाकाे स्वाव संकलन गरिएकाे थियाे ।
इटहरिमा मंगलवार मात्र १ महिला सहित ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गाैतकका अनुसार आज देखिएका संक्रमितहरू मध्ये पनि केहि सुदायस्तर कै रहेका छन् ।

No comments:
Post a Comment