नेपाल भारतबीच सचिवस्तरीय बैठकको तयारी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 12 August 2020

नेपाल भारतबीच सचिवस्तरीय बैठकको तयारी

काठमाडौँ, २८ साउन : नेपाल र भारतबीच उत्पन्न सीमा विवादका कारण लामो समयदेखि कायम कूटनीतिक शून्यता तोड्दै अर्को साता दुई देशबीच कूटनीतिक वार्ताको तयारी भएको छ ।

अर्को हप्ता वार्ताका लागि दुवै पक्षले तयारी गरेको समाचार इण्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा राखेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पनि दुई देशका परराष्ट्र सचिवस्तरीय वार्ताका लागि कुराकानी भइरहेको बताउनुभयो ।

दुई देशबीचको ओभर साइट प्रोजेक्टहरूको बारेमा सचिवस्तरमा हुनुपर्ने बैठकका लागि कुराकानी भइरहेको र कहिले र कुन मोडलमा हुने भने तय नभएको उहाँले बताउनुभयो ।

भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाका बारेमा बैठकमा छलफल हुनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.