२४ घण्टामा ५९४ जनामा काेराेना सङ्क्रमण, ४ जनाकाे ज्यान गयाे - pharaksandesh.com

मुख्य समाचार


Friday, 14 August 2020

२४ घण्टामा ५९४ जनामा काेराेना सङ्क्रमण, ४ जनाकाे ज्यान गयाे

काठमाडाैँ, ३० साउन : नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २५ हजार पाँच सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा दुई सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १७ हजार ७७ पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा सात हजार नाै सय १३ जना छन् । यस्तै १४ हजार ६ सय ३८ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ९९ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.