सप्तरी, २ भदौ : सप्तरीमा मंगलवार ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा परिक्षण गरिएका ११५ जनाको रिपोर्ट सार्वजनिक हुँदा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हाे ।
संक्रमण पुष्टि भएका सवै हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् । अन्य सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ का ४० वर्षीय पुरुष, वडा नं. ७ का ३१ वर्षीया महिला, वडा नं. ९ का १०, ३६, ५५ र ६५ वर्षीय पुरुष तथा २४, ३०, ३८ र ५० वर्षीया महिला कोरोना संक्रमित भएका छन् ।
यसैगरी, वडा नं. १० का ४७ वर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सप्तरीमा यो सँगै संक्रमितको संख्या ६८३ पुगेको छ ।

No comments:
Post a Comment