सिन्धुपाल्चोकको लिदी पहिरो अपडेट : पाँच जनाको शव भेटियो, ३३ अझै बेपत्ता - pharaksandesh.com

मुख्य समाचार


Friday, 14 August 2020

सिन्धुपाल्चोकको लिदी पहिरो अपडेट : पाँच जनाको शव भेटियो, ३३ अझै बेपत्ता

सिन्धुपाल्चोक, ३० साउन : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परि बेपत्ता भएका मध्ये पाँच जनाको शव फेला परेको छ भने अझै ३३ बेपत्ता छन् ।

पहिरोले ३५ घर ध्वस्त भएको र १४ जना घाइतेको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएको पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वलन महर्जनले जानकारी दिनुभयो ।

घाइतेहरूको उद्धार कार्य जारी छ । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.