प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा खतिवडा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा खतिवडा

काठमाडौँ, ३० भदौ : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिनुभयो । 

यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहनुभएको थियो । संवैधानिक व्यवस्थानुसार उहाँको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.