सन् राइजर्स हैदराबादको जीत - pharaksandesh.com

मुख्य समाचार


Wednesday 28 October 2020

सन् राइजर्स हैदराबादको जीत


नयाँ दिल्ली, १२ कात्तिक :
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत गएराति भएको खेलमा सन् राइजर्स हैदेराबादले दिल्ली क्यापिटल्स माथि ८८ रनको जित हासिल गरेको छ ।

टस जितेर पहिले बलिङ रोजेको दिल्लीलाई सन् राइजर्सले आफ्नो २ विकेटको क्षतिमा २१९ रनको विशाल लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर जम्मा १३१ रन मात्र बनाउन सफल भएको थियो ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा सनराइजर्सले दिल्लीलाइ हराउदै आज राति हुने प्ले अफको खेलमा आफ्नो स्थान ओगट्न पनि सफल भएको छ । दिल्ली क्यापिटलको भने यो लगातारको तेस्रो पराजय हो र जसले गर्दा उ प्लेअफबाट समेत बाहिरिन पुगेको छ।। राम्रो लयमा रहेका सनराईजर्सका रिद्धिमान साहले ४५ बलमा ८७ रन जोडेर म्यान अफ द म्याच भएका छन् । त्यस्तै डेभिड वार्नरले ६६ रन बनाए ।

दिल्ली अंक तालिकामा तेस्रो नम्बरमा छ भने हैदरावाद छैटौं नम्बरमा छ ।आज राति मुम्बाई ईण्डियन्स र रोयल च्यालेन्जर्स बैंलोरबीच खेल हुने कार्यक्रम छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.