सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना संक्रमण - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना संक्रमण


काठमाडौं, १३ कात्तिक :
सञ्चारकर्मी रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे हाे । उहाँले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.