काठमाडाैँ, ९ कात्तिक : साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको खुफिया एजेन्सीको प्रमुखसँग भेट गरेर प्रधानमन्त्री पदकै अपमान गरेको बताउनुभएको छ ।
संयोजक मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई प्रश्न सोध्नुभएको छ । उहाँले भारतीय खुफिया एजेन्सी 'रिसर्च एन्ड एनलाइसिस विङ' अर्थात् ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणलाई सरकारले ढाकछोप गरिरहेको आरोप पनि लगाउनुभएको छ ।
उहाँले अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई हेपेको हो कि होइन ? भनेर पनि प्रश्न गर्नुभएको छ ।

No comments:
Post a Comment