काठमाडौं, ९ कात्तिक : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट प्रक्रिया पुर्याएरै भएको बताउनुभएको छ ।
सरकारी टेलिभिजन नेपाल टेलिभिजनसँग कुरा गर्दै सल्लाहकार भट्टराईले प्रधानमन्त्रीकाे व्यस्त समयका कारण राति भेट भएकाे जानकारी दिनुभयाे । उहाँले रअका प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर आएको उल्लेख गर्नुभयो ।
रअ प्रमुखसँग भएको भेटमा दुई देशबीचको सीमा समस्या समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्ने र दुई छिमेकीको सम्बन्धलाई थप उचाईमा लैजाने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

No comments:
Post a Comment