बस्ने दिन आएछ।
मुटु माथि ढुङ्गा राखि
हाँस्ने दिन आएछ।।
खै के हो यस्तो
भन्छन् सबै कोरोना कोरोना ।
खै कोरोना त थाहा भएन मलाई
लाग्छ आज मैरोना है मैरोना ।।
सानो तिनो चानचुने
नसोचौ यसलाई ।
आफ्नै बसमा पारीसक्यो
सारा सारा विश्व गलाई।।
बाचिरहे त मनाउला क्यारे
चाडपर्व त हाम्रै हो ।
बाचिरहे त भेटौला क्यारे
परिवार अनि साथिसङ्गी पनि हाम्रै हो ।।
तड्पिदैछौ आज हामी
हामिसङ्ग महिषाशुर रुपि कोरोना।
यसलाई परास्त पार्छौ हामी
बडादशैंको सबैलाई शुभकामना
बडादशैंको सबैलाई शुभकामना ।।

No comments:
Post a Comment