विश्व सहर दिवस २०२० मनाइँदै - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

विश्व सहर दिवस २०२० मनाइँदै


काठमाडौं, १५ कात्तिक :
समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ ।

सहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

दिवसका अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.