काठमाडाैँ, ८ कात्तिक : शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । याेसँगै अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू गरेपछि १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएकाे छ ।
टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको
९२ च्यानलमध्ये ६० वटा च्यानलले अहिले क्लिन फिड च्यानल दिएका छन् । भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।
यस्तै जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुँदैछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।
२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था छ ।
अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ ।
No comments:
Post a Comment