नवलपरासीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday 28 October 2020

नवलपरासीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


कावासोती, १२ कात्तिक :
पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट आज एक जनाको ज्यान गए संगै जिल्लामा संक्रमणबाट ज्यान जानेको संख्या १८ पुगेको छ ।आज गैंडाकोट नगरपालिका वडा नं २ का ५४ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण भरतपुर मेडिकल कलेजमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । गत कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको भरतपुर मेडिकल कलेजको भेन्टीलेटरमा राखेर उपचार गरिएकोमा उपचारका क्रममै ज्यान गएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताउनुभयो ।

दशैंको एक हप्ता यता मात्रै पूर्वी नवलपरासीमा छ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कावासोती नगरपालिका वडा नं ११ मा एकै घरकी आमा छोरी, सोही नगरपालिका वडा नं २ र ३ का गरी दुई जना र मध्यबिन्दु नगरपालिकाका एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

पूर्वी नवलपरासीमा हाल सम्म १० हजार ६१७ जनाको पीसीआर परीक्षण गरिएको ती मध्ये आठ हजार ९५३ जनाको नेगेटिभ र एक हजार छ सय २४ जनाको कोरोना संक्रमण भएकोमा एक हजार ५१ निको भएको र ५५६ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाँईले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.