नेपालमा २४ घण्टाको पीसीआर २७२५, देशभर संक्रमित ५ सय ७० जना, उपत्यकामा २५२ जना संक्रमित - pharaksandesh.com

मुख्य समाचार


Wednesday 28 October 2020

नेपालमा २४ घण्टाको पीसीआर २७२५, देशभर संक्रमित ५ सय ७० जना, उपत्यकामा २५२ जना संक्रमित


काठमाडौं, १२ कात्तिक :
चाडवाडका कारण नेपालमा कोरोना भाइरस संक्रमण जाँच पनि घटेको छ । दैनिक करिब १५ हजारले पीसीआर गराउँदै आएकोमा पछिल्लो २४ घण्टामा २७२५ को मात्रै परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२५ जनाको पीसीआर परीक्षण गर्दा महिला २११ र पुरुष ३५९ गरी ५७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१६८ जना निको भएका छन् । नेपालमा निको हुने दर ७४ दशमलव १ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म १ लाख ६० हजार ४ सय पोजेटिभ केस देखिएको छ ।

नेपालमा थप १५ जनाको मृत्यु भएसँगै कूल मृत्यु हुने संख्या ८७६ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुने दर शुन्य दशमलव ५ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा २५२ जना संक्रमित भए । काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना संक्रमित भएका छन् । काठमाडौं पछाडि रुपन्देहीमा सबैभन्दा धेरै संक्रमित भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.