सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

सप्तरीमा लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी पक्राउ


सप्तरी, १५ कात्तिक :
सप्तरीको बोदे बरसाइन नगरपालिका-१० खडकपुरबाट प्रहरीले लागुऔषधसहित एक जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।

भारतबाट लुकिछिपी नेपालतर्फ ल्याइएको लागुऔषधसहित प्रहरीको टोलीले स्थानीय ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरी , इलाका प्रहरी कार्यालय बोदे बरसाइन र प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले टोलीले यादवले नै सञ्चालन गरेको कुखुरा फार्मबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका यादवले त्यही ठाउँमा औषधि पसल सञ्चालन गर्दै आएका छन् ।

जिल्लाको खडकपुर चौकमा रहेकाे फार्ममा लुकाएर राखेको अवस्थामा १४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाइट्रोभेट ट्याब्लेट, ३५ थान डाइलेक्स डीसी बोतल, ७ थान डाइजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।

लागुऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.