कलाकार अशोक शर्मालाई कोरोना संक्रमण - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

कलाकार अशोक शर्मालाई कोरोना संक्रमण


काठमाडौं, १४ कात्तिक :
वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा कोरोना संक्रमित भएका छन् । बिहीबार नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा शर्मामा कोरोना भाइरस पुष्टि भएको हो ।

शर्माले शुक्रबार सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् ।

‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ शर्माले फेसबुकमा अगाडि लेखेका छन् ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.