देशभर नयाँ संक्रमित ५७४३ जना, उपत्यकामा मात्रै ३१०७ जनामा संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 21 October 2020

देशभर नयाँ संक्रमित ५७४३ जना, उपत्यकामा मात्रै ३१०७ जनामा संक्रमण पुष्टि


काठमाडौं, ५ कात्तिक :
नेपालमा पछिल्लो २४ घण्टामा ५७४३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा २०११८ जनाको पीसीआर परीक्षण गर्दा ५७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै ३१०७ जना संक्रमित भएका छन् । काठमाडौंमा २३९१, भक्तपुरमा १७३ ललितपुरमा ५४३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २९९६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९९६०५ रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.