पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १७ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १७ जनाको मृत्यु


काठमाडौँ, १५ कात्तिक : पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ५ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १४ लाख ४३ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ७० हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ हजार ३ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप २ हजार २ सय ६४ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।याेसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.