आजको राशिफल।। आज वि.सं. २०७७ कात्तिक १५ गते शनिवारकाे राशिफल - pharaksandesh.com

मुख्य समाचार


Saturday 31 October 2020

आजको राशिफल।। आज वि.सं. २०७७ कात्तिक १५ गते शनिवारकाे राशिफल

वि.सं. २०७७ कात्तिक १५। शनिवार। इ.स. २०२० अक्टोबर ३१। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। पूर्णिमा, १९:३३ उप्रान्त प्रतिपदा।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हिचुनौतीभित्र अवसर खोज्ने समय छ। श्रम परे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। सानातिना काममा अल्झनुपरे पनि समस्या सुल्झाउन सफल भइनेछ। तत्काल उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्न सक्छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। लक्ष्यमा पुग्न समय लागे पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन समेत सकिनेछ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। नियमित काम सम्पादन भए पनि नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ।
कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.