टोटनह्‍याम र लिभरपुल २०-२० अ‌ंकसहित पहिलो र दोस्रो स्थानमा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 24 November 2020

टोटनह्‍याम र लिभरपुल २०-२० अ‌ंकसहित पहिलो र दोस्रो स्थानमा


काठमाडाैँ, ९ मङ्सिर :
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति बर्नली र क्रिस्टल प्यालेसबीच सम्पन्न खेलमा बर्नालीले क्रिष्टल प्यालेसलाई शुन्यका विरुद्ध १ गोलले पराजित गरेको छ ।

त्यसैगरी आज बिहान सम्पन्न दोस्रो खेलमा उल्भ्स र साउथ ह्‍याम्पटन बराबरीमा रोकिएका छन् ।

अंकतालिकाको पाँचौं स्थानमा रहेको साउथ ह्‍याम्पटनको तेस्रो स्थानमा उक्लने बाटो भने १-१ गोलको बराबरीसँगै रोकिएको छ ।

प्रिमियर लिगमा हालसम्म सम्पन्न खेलहरुको अंकको आधारमा टोटनह्‍याम र लिभरपुल २०-२० अ‌ंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।

त्यस्तै चेल्सी १८ अंकसहित तेस्रो स्थानमा छ ।

आजराति च्याम्पियन्स लिगका दुई खेल हुँदैछन् । सेभियाले क्रस्‍नोडरसँग र चेल्सीले रेनेससँग नेपाली समय अनुसार राति ११:४० मा खेल्दैछन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.