उद्योग वाणिज्य महासंघको साधारण सभा : मतदान सम्पन्न, प्रज्ञा प्रतिष्ठानमा मतगणना सुरू - pharaksandesh.com

मुख्य समाचार


Saturday, 28 November 2020

उद्योग वाणिज्य महासंघको साधारण सभा : मतदान सम्पन्न, प्रज्ञा प्रतिष्ठानमा मतगणना सुरू


काठमाडौं, १३ मङ्सिर :
उद्योग वाणिज्य महासंघको मतदानपछि मतगणना सुरू भएको छ । टेकु र बबरमहलबाट कमलादी ल्याइएको मतपत्र बेलुकी ६ बजेबाट गणना गर्न थालिएको हो ।

जिल्ला, वस्तुगत र एशोसिएट तीनवटै क्षेत्रको मतदान सम्पन्न भएको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले जानकारी दिनुभयो । उहाँले शतप्रतिशत नै मतदान भएको पनि उहाँले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित ६३ पदका लागि एक सय २७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल सहित प्रतिस्पर्धामा हुनुहुन्छ ।

एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ एक सय ५ जना र वस्तुगत तर्फ एक सय एक जना मतदाताले मतदान गरेका छन् ।

जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा हुनुहुन्छ । वस्तुगततर्फ अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा रहेको महासंघले जनाएको छ । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.