न्यूयोर्क, २५ कात्तिक : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनु भएका डेमोक्र्याटिक पार्टीका जो बाइडनले पदभार ग्रहण गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका केही कार्यकारी आदेशहरु परिवर्तन गर्ने योजनामा हुनुहुन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको पर्यावरण सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय परिवर्तन हुने जनाइएको छ ।
इतिहासमै विविधतायुक्त मन्त्रिपरिषद् गठन गर्न लाग्नु भएका बाइडनले महत्वपूर्ण पदहरुमा को–को रहने भन्ने विषयमा छलफल थाल्नु भएको छ । आगामी सोमबार बाइडनले कोभिड- १९ विरुद्ध लड्न के कस्ता योजना बनाउने भन्ने विषयमा वैज्ञानिक र विज्ञहरुको समूह मार्फत् खाका प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका श्रृंखलावद्ध विवादस्पद ट्वीटहरु आइरहेका छन् । अझै पनि ट्रम्पले निर्वाचनको नतिजालाई स्वीकार गरिसकेको अवस्था छैन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनु भएका बाइडनलाई विश्वका नेताहरुले बधाई दिएका छन् । तर रुस र चीनले भने अझै कुनै प्रतिक्रिया जनाएका छैनन् ।

No comments:
Post a Comment