पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै


काठमाडौँ, १६ कात्तिक :
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताउनुभएको छ ।

विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको बताउनुभयो ।

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर बहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मानन्धरले नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने जनाउनुभयो ।

सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उहाँले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल्ड सञ्चालनमा आउन लागेको जानकारी पनि दिनुभयो । रासस

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.