व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन : नेकपा प्रवक्ता श्रेष्ठ - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन : नेकपा प्रवक्ता श्रेष्ठ


काठमाडाैँ, १७ कात्तिक :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताउनुभएको छ ।

पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उहाँले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ-आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम-कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने बताउनुभएको छ । पार्टी प्रवक्ता श्रेष्ठले बैठक बसेर सबै पक्षहरुका बारेमा खुला छलफल गर्न र सकारात्मक निष्कर्ष निकाल्न पनि आग्रह गर्नुभएको छ ।

व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान पनि नदिने र कसैको हित पनि नगर्ने उनको भनाइ छ । पार्टी एकता रक्षाको लागि सबैबाट इमान्दार प्रतिवद्धता भए पुग्ने भन्दै उहाँले पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्न पनि अपिल नारायणकाजी श्रेष्ठको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.