मेरो राजीनामा माग्नु व्यर्थ छः प्रधानमन्त्री - pharaksandesh.com

मुख्य समाचार


Thursday, 12 November 2020

मेरो राजीनामा माग्नु व्यर्थ छः प्रधानमन्त्री


संखुवासभा, २७ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग उहाँले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याउनुभएको छ ।

किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको अवलोकनका लागि बुधबार आउनुभएका उहाँले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने बताउँदै भन्नुभयो, ‘म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.