सरकारले लगानीमैत्री वातावरण बनाएको प्रधानमन्त्रीको भनाइ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 26 November 2020

सरकारले लगानीमैत्री वातावरण बनाएको प्रधानमन्त्रीको भनाइ


काठमाडौं, ११ मङ्सिर :
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

निजी क्षेत्रकी उद्योगी र व्यापारीहरु छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै उद्योगी र व्यवासीको भावना अनुसार नै सरकारले काम गरिरहेको र लगानीमैत्री बतावरण बनाइएको पनि उल्लेख गर्नुभयो ।

हालको विषय परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कोभिड १९ बाट प्रभावित उद्योग वाणिज्यको विकासमा थप गति दिनुपर्ने बताउनुभयो ।

साधारण सभाले नयाँ कार्यमसतिको निर्वाचन गर्दैछ । महासंघको बारिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान उम्मेदवार हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षनै अध्यक्ष बन्ने विधानमा व्यवस्था छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.