प्रधानमन्त्रीको सन्देश लिएर अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव खुमलटारमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 9 November 2020

प्रधानमन्त्रीको सन्देश लिएर अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव खुमलटारमा


काठमाडाैँ, २४ कात्तिक :
नेकपाका दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएकाे छ । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराउनुभएकाे स्रोतले जनाएकाे छ ।

अध्यक्ष ओलीसँग सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधानअनुसार बैठक बोलाउने  महासचिव पौडेलले जानकारी गराउनुभएकाे थियाे ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउनुभएकाे थियाे । 

प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको जानकारी गराउनुभएकाे थियाे । उहाँले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुने पनि बताउनुभयाे। बहुमत सचिवालय सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले चाँडै सचिवालय बैठक बोलाउनु पर्ने पनि प्रचण्डले बताउनुभयाे।

प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षले गरेकाे छ । उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्नेछ। हालकाे  विवादकाे निकासकाे लागि स्थायी समिति बैठकमा छलफल गर्ने प्रचण्ड-नेपाल पक्षकाे तयारी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.