किलकिलेमै रेटेपछि परानीको कुरा गर्छ्यौ !
विछ्यौनामा ओल्टिकोल्टी यसै बित्यो रात
निदबाट ब्युँझेपछि सिरानीको कुरा गर्छ्यौ !
मनको त्यो पालीभरि कोरोबत्ति गरूँ भन्थें
आरा दाँती टुटेपछि चिरानीको कुरा गर्छ्यौ !
विश्वासको घाँटी दाबी लाशतुल्य पारिदियौ
ढिकुराभित्र पसेपछि तरानीको कुरा गर्छ्यौ !
जति गाँस गाँसिदैन चुँडिएको काँचो धागो
आठान्नी नै गुमेपछि चारानीको कुरा गर्छ्यौ !
विचित्र यो संसारको कति विचित्र छ चाला
इमान बिक्री गरेपछि घरानीको कुरा गर्छ्यौ !
प्रथा

No comments:
Post a Comment