वि.सं. २०७७ कात्तिक ३०। आइतवार। इ.स. २०२० नोभेम्बर १५। ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। औंसी, ११:२७ उप्रान्त प्रतिपदा।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। दिउँसाेदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ। सोचेको लाभ भने नहुन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। तर, आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। केही फजुल खर्च पनि बढ्न सक्छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा सामान्य धन लाभ नै हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। तर, दिउँसाेदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। दिउँसाेदेखि पारिवारिक भेटघाट हुने याेग छ। आगन्तुकहरूले अलमल्याउने हुँदा साेचेकाे काम तत्काल नबन्न सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा पनि हुन सक्छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्ये हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रयत्न गर्दा रोकिएका काम भने सम्पादन हुनेछन्। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आफन्तले झुक्याउलान्।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। समस्या दर्साउँदा सहयाेगीहरूले भने साथ दिनेछन्। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ।
No comments:
Post a Comment