सोल्टीको सञ्चालकमा हेरफेर - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

सोल्टीको सञ्चालकमा हेरफेर


काठमाडौँ, १७ कात्तिक  :
सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ ।कम्पनीका अनुसार कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत सेयरधनी होलिडे इन्स् इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको छ । 

गत असोज ११ देखि नै सेयरधनी नरहेको उक्त कम्पनीबाट सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक भेंकटेश गोमाटास र उहाँको वैकल्पिक सञ्चालक विवेक भल्लाले आआफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

हाल कम्पनीको सञ्चालकमा दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष हुनुहुन्छ भने शशिराज पाण्डे, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, निरञ्जनकुमार टिबरेवाला, जयाराज्य लक्ष्मी शाह, गणेशबहादुर चन्द र प्रकाशविक्रम खत्री सञ्चालक रहनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.