गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, २ घाइते - pharaksandesh.com

मुख्य समाचार


Friday, 27 November 2020

गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, २ घाइते


गुल्मी, १२ मङ्सिर :
गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आज बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडा नम्बर-४ स्थित हुल भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र १ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापा छन भने गुल्मी अस्पतालमा उपचारको क्रममा १९ बर्षका फर्सुराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ बर्षीया सरस्वती दर्लामी र सहचालक २५ बर्षको कमल हितान घाइते भएका छन् ।

चालक बुद्ध बस्नेत सकुसल रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरुले उद्धार गरेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताउनु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.