काठमाडौं, ११ मङ्सिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा १६१४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण गरिएकोमा २ लाख २७ हजार ६ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १४३७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना भाइरसको संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको छ ।
हाल, नेपालमा १६ हजार ७९३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ६८० जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment