पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ३० जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ३० जनाको मृत्यु


काठमाडौँ, १९ कात्तिक :
पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरबाट १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ३ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ८२ हजार ९ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ५ सय ७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी काठमाडौँ उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ३ हजार ८ सय ४४ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । हाल, नेपालमा ३६ हजार ९ सय ११ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, १ हजार ३ सय ५ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.