काठमाडाैँ, २१ कात्तिक : पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार १ सय ५३ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ८८ हजार ८ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ४ हजार ५ सय जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना भाइरसको संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।
हाल, नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, १ हजार २ सय ५४ जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment