काठमाडौँ, २४ कात्तिक : पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरबाट ११ हजार १ सय १७ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ९७ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ हजार ७ सय ९८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना भाइरसको संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।
हाल, नेपालमा ३६ हजार १ सय ७४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ सय ६७ जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment