स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८०३२ जनाको गरिएको नमूना पीसीआर परीक्षणमा १६६९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुने १३२१ जना छन् ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ५६९९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने ९०.३ प्रतिशत रहेको छ ।
अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १९९६३ र क्वारेन्टाइनमा ६८६ जना बसेका छन् ।

No comments:
Post a Comment