धनगढी, २४ कात्तिक : कैलालीको धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा ज्यान गएको छ ।सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत उहाँको सोमबार विहान ज्यान गएको हो ।
कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएर उपचार थालिएको थियो । तर, हर प्रयासका बावजुद उहाँको ज्यान जोगाउन नसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार मृतक व्यक्तिलाई कडा खालको निमोनियाको साथै किड्नी ‘इन्फेक्सन’ को समस्या रहेको थियो । यो संगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या २७ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

No comments:
Post a Comment