अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने


बैतडी, १६ कात्तिक :
बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनबमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

यसअघि चार ओटा नमूना गुणस्तरीय नपाइएकाले कारवाहीको प्रक्रियामा रहेको लेखकले जानकारी दिनुभयो । असोजभन्दा पहिले सङ्कलन गरिएका १५ नमूनामध्ये चार ओटा तोकिएको मापदण्डानुसार नपाइएको उहाँले बताउनुभयो ।

आठ लाखको अखाद्य वस्तु नष्ट बैतडीमा गत असोज पहिलो साताबाट गरिएको बजार अनुगमनका क्रममा रु सात लाख ७० हजारको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको थियो । संयुक्त बजार अनुगमन समितिले गत महिना विभिन्न बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो ।

असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो । उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेको लेखकले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.